images
images
  • अचाक्ली महँगीएको सुन–चाँदीको भाउ घट्यो (मूल्यसहित)

    काठमाडौं– आज नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ ।

    सोमबार तोलामा तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार आठ सय रूपैयाँ घटेको हो ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।

    सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images