images
images
  • रूस र युक्रेनबीच २ दिन युद्धविराम

    काठमाडौं– रूसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१औँ वार्षिकोत्सवको अवसरमा मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ ।

    विज्ञप्तिी जारी गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व युद्धमा सोभियत जनताको विजयको उत्सवको सम्मानका लागि सन् २०२६ मे ८–९ मा युद्धविराम घोषणा गरेका छन् । ्

    युक्रेनी पक्षले पनि यो उदाहरण पछ्याउने अपेक्षा व्यक्त गरेका छन् ।

    किएभ प्रशासनले विश्व युद्धको विजय उत्सवको ८१औँ वार्षिकोत्सवको कार्यक्रममा बाधा पुर्याउने उद्देश्यले आपराधिक कार्याहरु गर्ने प्रयास गरेमा रूसी सशस्त्र बलले किएभको केन्द्रमा प्रतिक्रियात्मक आक्रमण गर्नेसमेत विज्ञप्तीमा उल्लेख गरिएकोे छ ।

    साथै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले मे ५ देखि ६ को मध्यरातदेखि छुट्टै युद्धविराम सुरु गर्ने घोषणा गर्नु भएको छ ।

    यो समय अवधिमा मौन र शान्ति सुरक्षाकको सुनिश्चित भएको अवस्था रहने उनले बताएका छन् ।

    रूसमा मे–९ मा दोस्रो विश्वयुद्धमा ज्यान गुमाउने लाखौं मानिसहरूको सम्झनामा विजय दिवस मनाउनु गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images