images
images
  • स्मार्ट टेलिकम प्रकरण : ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा सर्बेश जोशी पक्राउ

    काठमाडौं- ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा सर्बेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौंको खुर्सानीटारबाट सोमबार नियन्त्रणमा लिएको हो ।

    सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर जोशीलाई पक्राउ गरिएको हो ।

    अनुसन्धानअनुसार ‘स्मार्ट टेलिकम प्रा.लि.’ ले दूरसञ्चार सेवा सञ्चालनका लागि प्राप्त अनुमतिपत्र नवीकरण नगर्दा उक्त अनुमतिपत्र २०८० वैशाख ३ गतेदेखि स्वतः रद्द भएको थियो । त्यसपछि दूरसञ्चार सेवाप्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार कम्पनीका सम्पूर्ण सम्पत्ति, पूर्वाधार र सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।

    तर, सरकारी सम्पत्तिमा बेइमानीपूर्वक हक टुटाउने उद्देश्यले कार्य गरेको आरोपमा जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका जोशीमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images