काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारी-तन्त्रलाई दलगत राजनीतिले देशको प्रणालीलाई नै ध्वस्त पारेकाे बताएका छन् ।
प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे बताएका हुन् । उनले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गरेका छन् ।
अधिकांश पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले भन्दै आएको गुनासोलाई सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत यी विकृतिहरू हटाउने निर्णय लिएको समेत उनले स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री शाहले अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला बोक्ने कार्य पूर्णतः निषेध गरिएको समेत जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्






















