images
images
  • शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति अन्त्य हुनपर्छ : प्रधानमन्त्री शाह

    काठमाडौं – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिको प्रभावबाट मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले सरकारले अध्यादेशमार्फत यससम्बन्धी सुधारका कदम अघि बढाएको जानकारी दिएका हुन् ।

    प्रधानमन्त्री शाहले विद्यार्थी र कर्मचारी दलगत प्रभावमा पर्दा प्रणालीप्रति जनविश्वास कमजोर बनेको उल्लेख गर्दै अब योग्यता, दक्षता र कार्यक्षमताका आधारमा मात्र नियुक्ति, सरुवा र बढुवा गरिने बताएका छन् ।

    सरकारले शिक्षालयमा दलका झण्डा र कर्मचारीतन्त्रमा दलगत संलग्नता अन्त्य गर्ने निर्णय गरेको जनाउँदै उनले यो कदम विगतका कमजोरी सुधार गर्दै संस्थागत प्रणाली बलियो बनाउने उद्देश्यले चालिएको स्पष्ट पारे ।

    प्रधानमन्त्रीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा र कर्मचारीलाई विधिको शासनअनुसार सेवा प्रवाहमा केन्द्रित गराउने लक्ष्य रहेको उल्लेख गर्दै यस सुधारमा सबैको साथ आवश्यक रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images