दलित संघका केन्द्रीय अध्यक्ष लाेकबहादुर विश्वकर्माले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्।
पारिवारिक व्यस्तता र पछिल्लो समय देखिएको स्वास्थ्य समस्याका कारण आफूले जिम्मेवारी सम्हाल्न नसक्ने भन्दै उनले नेतृत्वलाई जानकारी गराएका हुन्।
उनी २०८२ असोज १३ गते शेरबहादुर देउवा द्वारा अध्यक्ष पदमा मनोनित भएका थिए। कार्यकालभर उनले दलित समुदायको हकहित र संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
राजीनामापछि पनि संगठनप्रति आफ्नो प्रतिबद्धता कायमै रहने र आगामी कार्यक्रमहरूमा सहयोग जारी राख्ने उनले बताएका छन्। नयाँ नेतृत्व चयनबारे भने पार्टीले अहिलेसम्म कुनै निर्णय सार्वजनिक गरेको छैन।
प्रतिक्रिया दिनुहोस्






















