images
images
  • शीतल निवासको कोर्टमा बालेनको अध्यादेशका तङ्गी, संकटमा राष्ट्रपति

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचार गर्नु भन्दै फिर्ता पठाएको २४ घण्टा नबित्दै सरकारले सोही अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा उठाएको आपत्तिलाई बेवास्ता गर्दै मन्त्रिपरिषद्ले कुनै संशोधन नगरी पुरानै ढाँचामा पुनः सिफारिस गरेको हो ।

    सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अध्यादेश हुबहु रूपमा पुनः पठाइएको छ ।

    संविधानमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने व्यवस्था भए पनि फिर्ता गरिएको अध्यादेश पुनः अस्वीकार गर्न मिल्ने स्पष्ट प्रावधान छैन ।

    यसै कारण अब राष्ट्रपतिलाई जारी गर्नुको विकल्प सीमित देखिन्छ भन्ने विश्लेषण भइरहेको छ ।

    राष्ट्रपतिले यसअघि अध्यादेशमा प्रस्तावित गणपूरक संख्या र बहुमतीय निर्णय प्रणालीले संवैधानिक परिषद्को मूल संरचना कमजोर बनाउने भन्दै आपत्ति जनाएका थिए ।

    सर्वोच्च अदालतको पुरानो आदेशलाई समेत स्मरण गराउँदै शक्ति सन्तुलन नबिगार्न सुझाव दिइएको थियो ।

    तर, सरकारले भने परिषद् लामो समयदेखि निष्क्रिय बनेको र महत्त्वपूर्ण संवैधानिक निकायहरू रिक्त रहने अवस्था रोक्न अध्यादेश आवश्यक रहेको तर्क गरेको छ ।

    कानुनविद्हरूका अनुसार अब संविधानको धारा ११४ अनुसार राष्ट्रपतिले अध्यादेश जारी गर्नुपर्ने अभ्यास भए पनि पुनः अस्वीकार गर्ने अधिकारबारे स्पष्ट व्यवस्था नभएकाले विवाद थप गहिरिने देखिन्छ ।

    यस घटनाले कार्यपालिका र राष्ट्रपतिबीच संवैधानिक सीमा र शक्ति सन्तुलनबारे नयाँ राजनीतिक बहस सुरु गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images