images
images
  • बालेन सरकारले खारेज गर्‍यो सबै विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठन

    काठमाडौं– देशभरका १८ विश्वविद्यालयको सर्वोच्च निकाय विश्वविद्यालय सभा (सिनेट)बाट प्राध्यापक सङ्घ, कर्मचारी सङ्घ र विद्यार्थी सङ्गठनको प्रतिनिधित्व हटाइएको छ ।

    सरकारद्वारा ल्याइएको विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत यस्तो व्यवस्था गरिएको हो ।

    नयाँ व्यवस्थाअनुसार अब प्राध्यापक, कर्मचारी र विद्यार्थी सङ्घका पदाधिकारी स्वतः प्रतिनिधि हुने प्रणाली हटाइएको छ ।

    यसको सट्टा सम्बन्धित समूहभित्रबाट कुलपतिले छनोट गरेका व्यक्तिहरू मात्र सभामा रहने व्यवस्था गरिएको छ ।

    यसअघि प्राध्यापक सङ्घ, कर्मचारी सङ्घ र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) का प्रतिनिधिहरू पदेन रूपमा विश्वविद्यालय सभामा रहने प्रावधान थियो ।

    अध्यादेशले उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव नियुक्तिका लागि योग्यता पनि तोकेको छ ।

    बहुविषयगत विश्वविद्यालयमा उपकुलपति र शिक्षाध्यक्षका लागि सम्बन्धित क्षेत्रमा विद्यावारिधि र कम्तीमा १० वर्षको अध्यापन वा अनुसन्धान अनुभव अनिवार्य गरिएको छ ।

    विशिष्टीकृत विश्वविद्यालयमा भने सम्बन्धित विषयमै पीएचडी हुनुपर्ने व्यवस्था गरिएको छ ।

    त्यस्तै, उपकुलपति छनोट समितिको संरचना पनि परिवर्तन गरिएको छ ।

    अब समितिको संयोजक उपकुलपति बन्न योग्य व्यक्ति हुनुपर्नेछ भने अन्य सदस्यहरू पूर्व उपकुलपति, पूर्व शिक्षाध्यक्ष वा पूर्व कुलसचिवमध्येबाट तथा शैक्षिक व्यवस्थापनमा अनुभवी व्यक्तिबाट चयन हुनेछन् ।

    अध्यादेशप्रति प्राध्यापक, कर्मचारी र विद्यार्थी सङ्गठनहरूले कडा विरोध जनाएका छन् ।

    उनीहरूले यो कदमले विश्वविद्यालयको स्वायत्तता कमजोर पार्ने र सरकारी नियन्त्रण बढाउने आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images