काठमाडौं– सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सोमबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई थुनामा राख्नुको कारण स्पष्ट गर्न विपक्षीहरूलाई ‘कारण देखाउ आदेश’ जारी गरेको हो ।
भट्टलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी आयुष्मा नेपालले वैशाख १८ गते रिट दायर गरेकी थिइन् ।
रिटमा काठमाडौं जिल्ला अदालत, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सीआईबी र महानगरीय प्रहरी प्रभागलाई विपक्षी बनाइएको छ ।
भट्टमाथि हाल सम्पत्ति शुद्धीकरण र सेयर बजार अनियमिततासम्बन्धी दुई अलग अनुसन्धान भइरहेको छ ।
अब सम्बन्धित निकायहरूले उनलाई थुनामा राख्नुको कानुनी आधारसहित अदालतमा उपस्थित गराउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्






















