पोखरा– पोखराको पृथ्वीचोक बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्वासीहरूले सोमबार प्रदर्शन गरेका छन् ।
महानगरपालिकाले अतिक्रमित जग्गा खाली गर्न ३५ दिनको अल्टिमेटम दिएपछि उनीहरूले विरोध जनाएका हुन् ।
प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाएका छन् ।
त्यसपछि उनीहरू पोखरा महानगरपालिकाको कार्यालयसमेत पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्






















