काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सभामुख डिपी अर्यालले बोलाएको बैठकबारे आफ्नो दललाई समयमै जानकारी नदिइएको बताएका छन् ।
सोमबार दिउँसो सिंहदरबारमा सत्तारूढ र विपक्षी दलका सचेतकहरूको बैठक बोलाइएको थियो ।
तर, साम्पाङका अनुसार आफूहरूलाई नबोलाइएको र ढिला गरेर मात्रै खबर दिइएको हो ।
प्रमुख सचेतक आरेन राईले बैठकको दुई घण्टा अघि मात्रै फोन आएको र उपस्थित हुन नसक्ने बताएपछि सभामुखसँग समसामयिक विषयमा कुराकानी भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्






















