images
images
  • मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ? (निर्णयसहित)

    काठमाडौं– सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक गरेको छ ।

    सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका निर्णयहरू सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।

    सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    साथै भारतसँग जी–टु–जी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिइएको छ ।

    यस्तै, विश्व बैंकबाट ५२ मिलियन डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन डलर अनुदान स्वीकार गर्ने, तथा सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय पनि गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images