images
images
  • ओलीकालीन ‘सेटिङ’ले रोकेको भ्रष्टाचारका फायल खोल्दै बालेन सरकार

    काठमाडौं– १०० किलोवाटभन्दा माथिका विद्युतीय सवारीलाई कागजमा ९९ किलोवाट देखाएर अर्बौं रुपैयाँ कर छल्ने प्रकरण फेरि सतहमा आएको छ ।

    महालेखा परीक्षकको कार्यालयले करिब एक वर्षअघि नै ३ अर्ब ७७ करोड रुपैयाँ भन्सार राजस्व छलि भएको औंल्याएको थियो ।

    तर, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका बेला राजनीतिक प्रभाव र ‘सेटिङ’का कारण अनुसन्धान अगाडि बढ्न सकेको थिएन ।

    अब भने बालेन शाह नेतृत्वमा ती फाइलहरू पुनः खोलिँदै छन् ।

    भन्सार र राजस्व अधिकारीहरूका अनुसार माथिल्लो तहबाटै कर छल्नेलाई नछोड्ने स्पष्ट निर्देशन आएको छ ।

    अनुसन्धानमा BYD, Changan Automobile (दीपाल), Omoda, Seres Group लगायतका ब्रान्डका गाडीमा वास्तविकभन्दा कम मोटर क्षमता देखाएर कर कम तिर्ने गरिएको पाइएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा १५०–२०० किलोवाट क्षमताका गाडी नेपालमा ९९ किलोवाटका रूपमा आयात गरिएको देखिएको छ ।

    महालेखाको निष्कर्षअनुसार प्राविधिक परीक्षणको अभाव र कागजी घोषणामै आधारित भन्सार प्रणालीको कमजोरीको फाइदा उठाउँदै व्यापारीहरूले कर छल्दै आएका थिए ।

    यसले राज्यलाई अर्बौं राजस्व नोक्सान पुगेको छ ।

    अब राजस्व अनुसन्धान विभाग, भन्सार विभाग र अख्तियारले समन्वय गरेर व्यापक छानबिन अघि बढाइरहेका छन् ।

    ब्याजसहित कर असुली रकम ५ अर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको छ ।

    नयाँ सरकारको सन्देश स्पष्ट छ, व्यापारको आवरणमा कर छल्नेहरू अब कानुनी दायराबाट उम्किन सक्ने अवस्था छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images