काठमाडौं– सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गराउनका लागि फेरि रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को उक्त निर्णयबारे जानकारी दिएका छन् ।
यसअघि आइतबार राष्ट्रपतिले सोही अध्यादेश पुनर्विचार गर्न भन्दै सरकारलाई फिर्ता पठाएका थिए ।
प्रतिक्रिया दिनुहोस्






















