images
images
  • सशस्त्र प्रहरीका महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न

    काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले औपचारिक रूपमा दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।

    गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

    यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा रहेका पौडेललाई सशस्त्र प्रहरीको प्रमुख (आईजीपी)मा बढुवा गर्ने निर्णय गरेको थियो ।

    १८ वैशाखमा तत्कालीन आईजीपी राजु अर्याल अवकाशमा गएपछि पौडेलले संगठनको नेतृत्व सम्हालेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images