images
images
  • सहकारी ठगीमा संलग्न रविको पार्टी रास्वपाको उम्मेदवार बन्न पहिलो शर्त– भ्रष्टाचाररहीत असल चरित्र

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा निष्ठा, नैतिकता, सार्वजनिक आचरण र वित्तीय पारदर्शितालाई मुख्य आधार बनाउने नीति सार्वजनिक गरेको छ ।

    पार्टीका अनुसार उम्मेदवारको लोकप्रियता मात्र नभई इमान्दारी, कानुनी विश्वसनीयता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था र सामाजिक प्रतिष्ठालाई पनि प्राथमिकतामा राखिनेछ ।

    साथै स्थानीय तहको आवश्यकता बुझ्ने, जनस्तरसँग जोडिएका र सक्षम व्यक्तिलाई प्राथमिकता दिइनेछ ।

    उम्मेदवार छनोटमा समावेशितालाई जोड दिँदै महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, युवा लगायत सबै वर्गलाई समान अवसर दिइनेछ ।

    उम्मेदवार बन्न इच्छुकले ‘क्यान्डिडेट क्लब’ मार्फत आवेदन दिनुपर्नेछ, जहाँ चरणबद्ध मूल्यांकन प्रक्रिया अपनाइनेछ ।

    आकांक्षीले शैक्षिक योग्यता, व्यक्तिगत विवरण र नैतिक आचरणसम्बन्धी स्वघोषणा पेश गर्नुपर्नेछ, जसमा सहकारी बचत अपचलन, ठगी, घरेलु हिंसा लगायतमा संलग्न नभएको उल्लेख गर्नुपर्नेछ ।

    सदस्यता लिएको कम्तीमा ४५ दिन र अन्य दलबाट प्रवेश गरेकाले ९० दिन पूरा गरेको हुनुपर्ने प्रावधान पनि राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images