काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विहान १०ः३० बजेका लागि बोलाइएको हो ।
बैठकमा सहभागी हुन सबै मन्त्रीहरूलाई उपस्थित हुन आग्रह गरिएको छ ।
नियमित एजेन्डाअन्तर्गत मन्त्रालयगत विषयमा छलफल र आवश्यक निर्णयहरू गरिने जनाइएको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आजको बैठकमा नयाँ गृहमन्त्री नियुक्तिको विषयमा भने कुनै छलफल हुने छैन ।
प्रतिक्रिया दिनुहोस्






















