काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुकुमवासी बस्ती खाली गर्नु नागरिक हटाउने कदम नभई आवासको हक सुनिश्चित गर्ने दीर्घकालीन समाधानको हिस्सा भएको बताएका छन् ।
सोमबार फेसबुकमार्फत् उनले सरकार प्रत्येक भूमिहीन नागरिकलाई सुरक्षित र सम्मानजनक आवास उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि नागरिक घरबारविहीन नहुने जिकिर गरेका छन् ।
भूमिसम्बन्धी ऐन २०२१ का केही प्रावधान अध्यादेशमार्फत् हटाएर डिजिटल लगत संकलन, प्रमाणीकरण र व्यवस्थित अभिलेख तयार गर्ने काम सुरु गरिएको पनि उनले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















