images
images
  • कुनै पनि नागरिक घरबारविहीन हुन दिइने छैन : प्रधानमन्त्री शाह

    काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्बासी बस्ती हटाउन चालिएका कदमहरू नागरिक हटाउने उद्देश्यले नभई आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान खोज्नका लागि भएकाे बताएका छन्।

    पछिल्लो समय यस विषयमा विभिन्न टिप्पणी र व्याख्या सार्वजनिक भइरहेका बेला उनले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

    प्रधानमन्त्री शाहले अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूबीच उठिबास हुने त्रास फैलाउने प्रयास भइरहेकोप्रति सरकार गम्भीर रहेको उल्लेख गरेका छन्।

    उनले नदीकिनार र सार्वजनिक जग्गामा भएको अतिक्रमण कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। दीर्घकालीन समाधानका लागि कानुनी अवरोध हटाउने क्रममा भूमिसम्बन्धी ऐन, २०२१ का केही दफाहरू अध्यादेशमार्फत खारेज गरिएको पनि उनले उल्लेख गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images