images
images
  • भारतको जवाफ- लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो पुरानै हो

    काठमाडौँ । लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सुरु गर्ने विषयमा नेपालले पठाएको कूटनीतिक नोटमा भारतले प्रतिक्रिया जनाएको छ।

    नेपालको परराष्ट्र मन्त्रालयले भारत र चीनबीचको सहमतिमा नेपाली भूमि प्रयोग गरी यात्रा सुरु गर्न लागिएको भन्दै ध्यानाकर्षण गराएपछि भारतीय विदेश मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले लिपुलेक मार्ग सन् १९५४ देखि नै मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको बताउँदै भारतको अडान स्थिर रहेको उल्लेख गरेका छन्। उनले एकतर्फी दाबीहरू ऐतिहासिक तथ्यमा आधारित नभएको भन्दै अस्वीकार्य रहेको बताएका छन्।

    यसअघि नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र आफ्नो अभिन्न भूभाग रहेको स्पष्ट पार्दै कूटनीतिक नोट पठाएको थियो। भारतले भने बाँकी सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्न तयार रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images