काठमाडाैं । काठमाडौं र ललितपुरका मसाज सेन्टरबाट २५८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनैतिक क्रियाकलाप गरेको आरोपमा आइतबार मात्रै ५७ वटा मसाज सेन्टरमा छापा मारेको हो।
उक्त मसाज सेन्टरबाट प्रहरीले २४० महिला र १८ जना पुरूष गरी जम्मा २५८लाई नियन्त्रणमा लिएको प्रहरीले जानकारि दिएकाे छ ।
मसाज सेन्टरको नाममा अनैतिक कृयाकलाप गर्ने, विदेशी नागरिकलाई ठगी गर्ने, दर्ता नगरी चलाइएको लगायतका आरोपहरू छन्।
प्रहरीले ठमेल, बौद्ध र ललितपुरका विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया दिनुहोस्























