काठमाडाैं- सम्पत्ति शुद्धीकरण कसुरमा आरोपित रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले सफाइ दिएको छ।
गत वैशाख ८ गते न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै उनलाई निर्दोष ठहर गरेको हो।
बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बूढानीलकण्ठबाट पक्राउ गरी ठूलो रकम बरामद गरेपछि सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको थियो।
यसअघि उनीमाथि बाल यौन दुराचारको आरोपमा पनि मुद्दा चलेकोमा उच्च अदालत जनकपुरले सफाइ दिइसकेको छ। जिल्ला अदालत सर्लाहीले भने यसअघि १० वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो, जसविरुद्ध उनी उच्च अदालत पुगेका थिए। यद्यपि बम्जनमाथि अनुयायी बेपत्ता पारेको अर्को आरोप भने अझै अदालतमा दर्ता भएको छैन।
प्रतिक्रिया दिनुहोस्






















