images
images
  • ढुक्क भएर लगानी गर्नुस्, डराउनुपर्दैन : सभापति रवि लामिछाने

    काठमाडौं– रवि लामिछानेले उद्योगी व्यवसायीलाई डर–त्रासमा नपर्न आग्रह गर्दै सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै नीति सुधार र सुशासनमा केन्द्रित रहेको बताएका छन् ।

    निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा उनले सरकारको उद्देश्य व्यवसायीलाई हतोत्साही बनाउने नभई नीतिगत सुधारमार्फत अर्थतन्त्र सुदृढ बनाउने रहेको स्पष्ट पारे ।

    उनले अर्थतन्त्रलाई कमजोर पार्ने गतिविधिमा राज्यले कडाइ गर्ने उल्लेख गर्दै व्यवसायीलाई आन्तरिक लेखापरीक्षण गरी कमजोरी सच्याउन र सुधार प्रक्रियामा साथ दिन आग्रह गरे ।

    विगतको राजनीतिक अस्थिरताले व्यवसायीलाई दबाबमा पारिएको स्वीकार गर्दै अब नीतिगत रूपमा सुरक्षा हुने दाबी गरे ।

    साथै, सरकार वाचापत्रअनुसार नै अघि बढ्ने र व्यवसायीले नेताको घरघर धाउनुपर्ने अवस्था अन्त्य हुने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images