images
images
  • आगामी निर्वाचनमा ‘क्यान्डिडेट क्लब र लिडरशिप एकेडेमी’ पास नगरे उम्मेदवार बन्न नपाइने रास्वपाको मापदण्ड

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न चाहने आफ्ना सदस्यहरूका लागि नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको छ ।

    अब पार्टीको तर्फबाट चुनाव लड्न इच्छुक सदस्यहरूले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्नेछ ।

    वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

    पार्टीका प्रवक्ता मनिष झाका अनुसार यी दुई कार्यक्रम पार नगरी कुनै पनि सदस्यलाई उम्मेदवार बन्न अनुमति दिइने छैन ।

    उनले भने, “आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहनेले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य रूपमा पास गर्नुपर्नेछ।”

    यसअघि नै स्थानीय तह निर्वाचन २०८३ का लागि उम्मेदवार छनोट रूपरेखाको मस्यौदा तयार पारिएको थियो ।

    उक्त प्रतिवेदन उम्मेदवार छनोट रूपरेखा निर्माण समितिले पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images