images
images
  • दक्षिणी लेबनानका ११ सहर र गाउँ खाली गर्न इजरायली सेनाको उर्दी, आक्रमण जारी

    काठमाडौं– इजरायली सेनाले आइतबार दक्षिणी लेबननका ११ सहर तथा गाउँका बासिन्दालाई तुरुन्त घर छोडेर कम्तीमा १ हजार मिटर टाढा सुरक्षित स्थानमा सर्न निर्देशन दिएको छ ।

    रोयटर्सका अनुसार सेनाले ती क्षेत्रमा हेजबुल्लाहविरुद्ध आक्रमण गर्ने जनाएको छ ।

    आक्रमण हेजबुल्लाह लक्षित रहेको उल्लेख गरेको छ ।

    इजरायलले हेजबुल्लाहमाथि युद्धविराम उल्लंघनको आरोप लगाउँदै चेतावनी दिएको छ कि लडाकु वा तिनका स्थान नजिक रहेका जो कोही जोखिममा पर्न सक्छन् ।

    दक्षिणी लेबननमा इजरायलले हवाई आक्रमण तीव्र बनाएको छ भने हेजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन र मिसाइल प्रहार जारी राखेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images