images
images
  • सुनको मूल्य घट्यो, चाँदीको बढ्यो (मूल्यसहित)

    काठमाडौं– आइतबार सुनको भाउ घटेको छ भने चाँदी बढेको छ ।

    सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ९६ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    त्यस्तै गत आइतबार २ लाख ९९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ ।

    अघिल्लो दिन प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १० रुपैयाँ पुगेको छ ।

    गत आइतबार चाँदी प्रतितोला ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images