images
images
  • पूर्वप्रम सुशीला कार्कीका चम्चेको पनि जागिर चैट

    काठमाडौं– सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न सार्वजनिक निकायमा राजनीतिक नियुक्ति पाएका करिब १६ सय पदाधिकारी एकैपटक पदमुक्त भएका छन् ।

    अध्यादेशमार्फत ११० वटा कानुन संशोधन गरिँदा विश्वविद्यालय, संस्थान, प्राधिकरण, परिषद्, कोष र आयोगका पदाधिकारी प्रभावित भएका हुन् ।

    यस क्रममा प्रकृति संरक्षण कोषका अध्यक्ष आदर्श श्रेष्ठ, प्रेस काउन्सिलका अध्यक्ष कुमार शर्मा र गोरखापत्र संस्थानका अध्यक्ष अखण्ड भण्डारी पनि पदमुक्त भएका छन् ।

    काउन्सिलमा एमाले–कांग्रेस सरकारले नियुक्त गरेका सदस्यहरू पनि हट्ने भएका छन् ।

    अध्यादेशले नियुक्तिको सर्त, सुविधा वा बाँकी पदावधि जे भए पनि स्वतः पदमुक्त हुने व्यवस्था गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images