images
images
  • रास्वपा सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।

    समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।

    पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर (वनस्थली)मा बस्ने तय भएको छ ।

    सभापतिको निर्देशनमा बैठक आयोजना गरिएको उनले जानकारी दिए ।

    बैठकमा स्थानीय तह उम्मेदवार छनोटको रूपरेखा–२०८३, महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images