images
images
  • कानुनमन्त्री सोविता गौतमको कुतर्क– ‘अध्यादेश द्रुत गतिमा काम गर्न ल्याइएको हो’

    काठमाडौं– कानुनमन्त्री सोविता गौतमले सरकारले अध्यादेश छद्म उद्देश्यका लागि नभई द्रुत गतिमा काम गर्न ल्याएको स्पष्ट पारेकी छन् ।

    सामाजिक सञ्जालमार्फत उनले संसद्बाट विधेयक पारित गर्न कम्तिमा तीन/चार महिना लाग्ने भएकाले तत्काल काम अघि बढाउन अध्यादेश आवश्यक परेको बताइन् ।

    मन्त्री गौतमका अनुसार सरकारले राष्ट्रपतिबाट जारी सबै अध्यादेश संसद्मा पेश गर्नेछ, जसलाई ६० दिनभित्र अनुमोदन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

    उनले विगतमा अध्यादेश दुरुपयोग भएका उदाहरण भए पनि अहिलेको सन्दर्भ फरक रहेको दाबी गर्दै सरकारले प्रभावकारी रूपमा जनताका समस्या समाधान गर्न अध्यादेश प्रयोग गरेको बताइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images