काठमाडौं– सरकारले सुकुमबासी बस्तीमा डोजर अभियान चलाइरहेका बेला काठमाडौंमा एक सुकुमबासी पुरुष मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ घर भएका अन्दाजी ५५–६० वर्षीय इन्द्रबहादुर राई काठमाडौं–१४ फोहोरमैला संकलन केन्द्र नजिक बागमती नदी किनारमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार राईको परिवार टेकुस्थित सुकुमबासी बस्तीमा बस्दै आएको थियो ।
उनी केही दिनदेखि घर नफर्किएको स्थानीयले बताएका छन् ।
शव कपडाको पोकासहित फेला परेको बताइएको छ ।
सरकारले सो क्षेत्रमा शुक्रबार डोजर चलाएको थियो भने बुधबार नै बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।बालेनको डोजरले लियो सुकुम्बासी ज्यान
काठमाडौं– सरकारले सुकुमबासी बस्तीमा डोजर अभियान चलाइरहेका बेला काठमाडौंमा एक सुकुमबासी पुरुष मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ घर भएका अन्दाजी ५५–६० वर्षीय इन्द्रबहादुर राई काठमाडौं–१४ फोहोरमैला संकलन केन्द्र नजिक बागमती नदी किनारमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार राईको परिवार टेकुस्थित सुकुमबासी बस्तीमा बस्दै आएको थियो ।
उनी केही दिनदेखि घर नफर्किएको स्थानीयले बताएका छन् ।
शव कपडाको पोकासहित फेला परेको बताइएको छ ।
सरकारले सो क्षेत्रमा शुक्रबार डोजर चलाएको थियो भने बुधबार नै बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















