images
images
  • रोल्पा जिप दुर्घटना : मृतक २० जनाकै सनाखत (नामावलीसहित)

    रुकुम– रोल्पामा बिहीबार भएको बोलेरो जिप दुर्घटनामा ज्यान गुमाउने २० जनाको पहिचान खुलेको छ ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार मृतक सबैको सनाखत भइसकेको हो ।

    वैशाख पूर्णिमाको अवसरमा रोल्पाको जलजलामा लाग्ने मेलामा सहभागी हुन जाँदै गरेका यात्रु चढेको लु १ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा परी सिस्ने गाउँपालिका–५ टाकुरा (रुकुम पूर्व), भूमे गाउँपालिका (रुकुम पूर्व) तथा घोराही उपमहानगरपालिका–१५ रतनपुर (दाङ) का स्थानीयले ज्यान गुमाएका छन् ।

    दुर्घटनामा एक जना घाइते भएका थिए ।

    घाइते समीर कामी (सिस्ने–५) उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

    हाल घटनास्थलबाट शव निकालेर आफन्तलाई बुझाउने प्रक्रिया जारी रहेको छ ।

    ज्यान गुमाउनेहरू :

    सिस्ने–५, टाकुरा, रुकुम पूर्व (१० जना):

    गोर्ख बहादुर बुढाथोकी (३२), तिलकुमारी बुढाथोकी (५३), युवा बुढाथोकी (२८), दिव्यन बुढाथोकी (१०), सृजना बुढाथोकी (२४), सुदीप बुढाथोकी (१३), ओमकुमारी बुढाथोकी (४०), मीना कामी (६०), लक्ष्मी शाह (६०) र रुक्मिणा बस्नेत।

    भूमे–५, रुकुम पूर्व (१ जना):

    टेकप्रसाद बुढामगर।

    घोराही–१५, रतनपुर, दाङ (९ जना):
    दोरपती जिसी (५४), तिला जिसी (३२), जेनिस जिसी (७), जेनिसा जिसी (१२), एलिना जिसी (२५), संयोग जिसी (७), यमबहादुर जिसी (उमेर नखुलेको, घोराही–१३), धनमाया विष्ट (शान्तिनगर, दाङ; हाल सिस्ने–५) र बेदु कामी (४२) सवारी चालक ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images