काठमाडौं– अमेरिकाले पहिलोपटक इरानविरुद्ध हाइपरसोनिक मिसाइल प्रयोग गर्ने सम्भावनाबारे चर्चा बढेको छ ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)का कमान्डरले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष इरानमाथि आक्रमणका विभिन्न विकल्प प्रस्तुत गर्ने क्रममा हाइपरसोनिक मिसाइल प्रयोगको प्रस्ताव पनि राखेका हुन् ।
फक्स न्युजका अनुसार सेन्टकम कमान्डर एडमिरल ब्राड कुपरले ह्वाइट हाउसको सिचुएसन रुममा ट्रम्पसँग भेट गर्दै उक्त विकल्प प्रस्तुत गरेका थिए ।
भेटका क्रममा उनले ‘सानो तर अत्यन्त शक्तिशाली’ हमला सुरु गर्न सकिने बताएका थिए ।
रिपोर्टअनुसार यस्तो आक्रमणले इरानका बाँकी सैन्य संरचना, नेतृत्व तह तथा महत्वपूर्ण पूर्वाधारलाई लक्षित गर्न सक्ने बताइएको छ ।
अमेरिकी रक्षा मन्त्रालयले ‘डार्क इगल’ नामक हाइपरसोनिक मिसाइलसहित उन्नत हतियार प्रयोग गर्ने सम्भावनाबारे पनि विचार गरिरहेको छ ।
करिब २ हजार माइल (झण्डै ३२०० किलोमिटर) मारक दूरी भएको यो मिसाइलले इरानका बाँकी ब्यालिस्टिक मिसाइल लन्चरहरूलाई निसाना बनाउन सक्ने बताइएको छ ।
यसैबीच, अमेरिकाले मध्यपूर्व क्षेत्रमा बी–१बी ल्यान्सर बमवर्षक विमानको तैनाथी पनि बढाइरहेको छ, जसले हाइपरसोनिक मिसाइलसहित ठूलो मात्रामा हतियार बोक्न सक्छ ।


विश्व खबर 




















