काठमाडौं– भारतको भारतको विदेश मन्त्रालयले सन् २०२६ का लागि कैलास–मानसरोवर यात्रा खुला गरेको छ ।
बिहीबार जारी विज्ञप्तिअनुसार चीनसँगको समन्वयमा जुनदेखि अगस्टसम्म यात्रा सञ्चालन हुनेछ, तर यसबारे नेपाललाई औपचारिक जानकारी दिइएको छैन ।
यात्राका लागि लिपुलेक पास (उत्तराखण्ड) र नाथुला पास (सिक्किम) गरी दुई मार्ग तय गरिएको छ ।
लिपुलेक–कालापानी क्षेत्रबारे नेपाल–भारतबीच विवाद कायम छ, जसलाई नेपालले आफ्नो भू–भाग भन्दै विरोध जनाउँदै आएको छ ।
विज्ञप्तिअनुसार दुवै मार्गबाट १०–१० टोली गरी कुल २० टोली पठाइनेछन्, प्रत्येकमा ५० जना रहने गरी करिब १,००० यात्री सहभागी हुन सक्नेछन् ।
आवेदन मे १९ सम्म खुला रहनेछ र छनोट ‘रेन्डम’ प्रणालीबाट गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्






















