images
images
  • विनाश भएको गाजामा भाकमरी : खाद्य सहायता बोकेका जहाजमा इजरायली अवरोध, ११ देशको निन्दा

    काठमाडौं– प्यालेस्टिनी समर्थनमा गाजा जान सहायता सामग्री बोकेर अघि बढेको ‘ग्लोबल सुमुद फ्लोटिला’का २२ डुंगालाई इजरायली सेनाले ग्रिसको क्रेट नजिकै अन्तर्राष्ट्रिय जल क्षेत्रमा रोकेको छ ।

    यस क्रममा १७५ जनालाई नियन्त्रणमा लिइएको इजरायली विदेश मन्त्रालयले जनाएको छ ।

    फ्लोटिलामा रहेका बाँकी ३६ डुंगामध्ये अधिकांश हाल क्रेटको दक्षिणी तट नजिक छन् ।

    स्पेन, फ्रान्स र इटालीका ५८ जहाज सहभागी यस अभियानको उद्देश्य गाजामाथिको नाकाबन्दी तोड्ने रहेको थियो ।

    यस घटनापछि पाकिस्तानसहित ११ देशका विदेशमन्त्रीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलको कदमको निन्दा गरेका छन् ।

    उनीहरूले यसलाई शान्तिपूर्ण मानवीय पहलमाथिको हस्तक्षेप भन्दै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको आरोप लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images