images
images
  • सुन–चाँदीको मूल्य छुनै नसकिने गरी आकाशियो, प्रतितोला कतिमा हुँदैछ किनबेच (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।

    अघिल्लो दिनको तुलनामा सुन तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ पुगेको छ ।

    बिहीबार भने सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    बिहीबार सुनको भाउमा १ हजार ८ सय रुपैयाँको गिरावट आएको थियो भने त्यसको भोलिपल्टै उच्च दरमा वृद्धि देखिएको हो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।

    बिहीबार प्रतितोला ४ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ ।

    यसअनुसार चाँदी तोलामा १३५ रुपैयाँले बढेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस करिब ४ हजार ६ सय १३ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images