images
images
  • पूर्व, बहालवाला प्रधानमन्त्री–मन्त्री–सचिव–उच्चपदाधिकारी सम्पत्ति शुद्धीकरणको राडारमा, आयोगलाई पूर्ण अधिकार

    काठमाडौं– सरकारले बहालवाला प्रधानमन्त्रीदेखि उपसचिवसम्मका उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न पाँच सदस्यीय ‘सम्पत्ति छानबिन आयोग’लाई कार्यादेश दिएको छ ।

    राजपत्रमा प्रकाशित कार्यादेशअनुसार आयोगले २०६२/६३ सालदेखि २०८२ चैत मसान्तसम्म सार्वजनिक पदमा रहेका तथा अवकाशप्राप्त पदाधिकारीहरूको सम्पत्ति विवरण संकलन र अनुसन्धान गर्नेछ ।

    आयोगको नेतृत्व पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीले गरेका छन् भने सदस्यहरूमा पूर्व न्यायाधीश, पूर्व डीआईजी र चार्टर्ड एकाउन्टेन्टसमेत छन् ।

    दायरामा पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा सहसचिव र माथिल्लो तहका कर्मचारी पर्नेछन् ।

    गैरकानुनी सम्पत्ति भएको आशंका भएका व्यक्तिहरूमाथि ३० दिनभित्र उजुरी आह्वान गरी गोप्य अनुसन्धान गरिनेछ ।

    आयोगले विदेशमा लुकाइएको सम्पत्तिसमेत अनुसन्धान गर्न सक्नेछ ।

    आयोगले छानबिन पूरा भएपछी क्रमशः सरकारलाई प्रतिवेदन बुझाउनेछ र सरकारले ४५ दिनभित्र कारबाही अघि बढाउने व्यवस्था छ ।

    आयोगलाई स्वतन्त्र रूपमा काम गर्ने अधिकार दिइएको छ भने आवश्यक परे सरकार आफैंले आयोग विघटन गर्न सक्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images