images
images
  • ओलीलाई एमाले नेतृत्वबाट हटाउने आन्तरिक रणनीतिमा विष्णु–शंकर, अन्योलमा विद्यापक्ष

    काठमाडौं– २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा कमजोर नतिजा बेहोरेपछि नेकपा (एमाले)भित्रको अन्योल झन् गहिरिएको छ ।

    चुनावी समीक्षा र संगठन सुदृढीकरण जस्ता महत्त्वपूर्ण कामहरू ओझेलमा परेका छन् भने पार्टी संरचना नै निष्क्रिय जस्तै देखिएको छ ।

    सचिवालय तहमा चुनावी परिणामलाई हेर्ने दृष्टिकोणमै मतभेद हुँदा ठोस समीक्षा हुन सकेको छैन ।

    एक पक्षले हारलाई षड्यन्त्रको परिणाम मानेको छ भने अर्को पक्षले नेतृत्वको कमजोरी औंल्याउँदै पुनर्गठन र पुस्तान्तरणको बहस अघि बढाउनुपर्ने बताइरहेको छ ।

    यही अन्तरविरोधका कारण केन्द्रीय कमिटी बैठक समेत बस्न सकेको छैन ।

    अध्यक्ष केपी शर्मा ओलीको हिरासत बसाइ र स्वास्थ्य अवस्था पनि बैठक ढिलाइको एउटा कारणका रूपमा प्रस्तुत गरिएको छ ।

    तर, पार्टीभित्रैका नेताहरू भने यसलाई पर्याप्त कारण मान्न तयार छैनन् र नेतृत्वको निष्क्रियतामाथि प्रश्न उठाइरहेका छन् ।

    तल्लो तहबाट समीक्षा रिपोर्ट संकलन भइरहेको दाबी गरिए पनि अपेक्षित गतिमा काम अघि बढ्न सकेको छैन ।

    जनवर्गीय संगठनहरू समेत निष्क्रिय बनेका छन् र पार्टीको स्पष्ट दिशा नपाउँदा अन्योलमा छन् ।

    यसबीच, ओलीले नेताहरूसँग ‘वान टू वान’ छलफल गरिरहेको बताइए पनि पार्टीलाई स्पष्ट दिशा दिन औपचारिक बैठकको माग तीव्र बनेको छ ।

    नेताहरूले तत्काल केन्द्रीय कमिटी बैठक बोलाएर अन्योल अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images