images
images
  • नेपाली नागरिकता त्याग्ने १९ चिकित्सकको लाइसेन्स खारेज

    काठमाडौं । नेपाल मेडिक काउन्सिलले १९ जना चिकित्सकको दर्ता खारेज गरेको छ ।

    काउन्सिलले दर्ता किताबबाट नाम हटाउँदै १९ चिकित्सकको काउन्सिलको दर्ता खारेज गरेको हो ।

    नेपाल मेडिकल काउन्सिल ऐन, २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकको दर्ता खारेज गरेको जनाएको छ ।

    वैशाख १८ गतेदेखि लागु हुने गरी दर्ता खारेज गरिएको काउन्सिलले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images