काठमाडौं– २५७०औँ बुद्धजयन्तीका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने भएपछि कार्यकारी प्रमुख उपस्थित हुने परम्परा यस वर्ष तोडिने भएको छ।
कार्यव्यस्तताको कारण देखाउँदै प्रधानमन्त्रीले अन्तिम समयमा लुम्बिनी र आनन्दकुटी विहारका कार्यक्रमहरूमा सहभागी नहुने निर्णय गरेका हुन्।
प्रधानमन्त्री अनुपस्थित रहने भएपछि लुम्बिनी कार्यक्रमको स्वरूप परिवर्तन गरी डोलप्रसाद अर्याललाई प्रमुख अतिथि बनाइएको छ। यद्यपि, राष्ट्रप्रमुख रामचन्द्र पौडेल भने परम्पराअनुसार समारोहमा सहभागी हुने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस्






















