images
images
  • २२ मन्त्रालयमार्फत् ४६ वटा कानुन संशोधन गर्दै बालेन सरकार

    काठमाडौं– सरकारले विद्यमान ऐन–कानुनको पुनरावलोकन गर्दै संशोधन र नयाँ विधेयक ल्याउने प्रक्रिया तीव्र बनाएको छ ।

    २२ मन्त्रालयमार्फत् प्राथमिकताका आधारमा ४६ वटा कानुनमा काम भइरहेको छ ।

    लामो विधायन प्रक्रिया टार्न सरकारले ६ वटा अध्यादेश अघि बढाएको छ भने अध्यादेशमार्फत् मात्रै करिब २० ऐन संशोधन गर्ने तयारी गरिएको छ ।

    अर्थ मन्त्रालयदेखि गृह, ऊर्जा, संघीय मामिला, सञ्चारलगायत मन्त्रालयले आ–आफ्नो क्षेत्रका प्रमुख कानुन संशोधनको मस्यौदा तयार गरिरहेका छन् ।

    राष्ट्र बैंक ऐन, सार्वजनिक खरिद ऐन, कम्पनी ऐन, संघीय निजामती ऐन, साइबर सुरक्षा, नागरिक उड्डयन, यातायात र ऊर्जा क्षेत्रका कानुन संशोधन प्राथमिकतामा छन् ।

    साथै, फौजदारी तथा देवानी संहितासहित विभिन्न कानुनमा पनि सुधारको गृहकार्य भइरहेको छ ।

    सरकारले संसद् अधिवेशनमा विधेयक पेश गर्ने तयारी गरिरहँदा केही संवेदनशील कानुन भने अध्यादेशमार्फत् संशोधन गर्न खोजिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images