काठमाडौं– कांग्रेस, एमाले र नेकपाले संयुक्त रूपमा सरकारलाई ९ बुँदे ध्यानाकर्षण गराउँदै सुकुमवासी व्यवस्थापनदेखि महँगी, मल अभाव र बर्डफ्लु नियन्त्रणसम्मका विषयमा तत्काल कदम चाल्न माग गरेका छन् ।
सिंहदरबारमा बसेको बैठकले वैकल्पिक आवासको व्यवस्था नगरी बस्ती हटाउने कार्यप्रति आपत्ति जनाउँदै प्रभावित नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।
विपक्षी दलहरूले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण, सहज मल आपूर्ति र पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापन गर्न पनि सरकारसँग माग गरेका छन् ।
त्यस्तै, विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्ने सरकारी तयारीको उनीहरूले कडा विरोध गर्दै उक्त निर्णय लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका छन् र तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















