काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि उठेका आरोपहरूको छानबिनका लागि संसदीय समिति बनाउन तयार भएको छ ।
संसद् अधिवेशन बसेपछि विपक्षीको मागअनुसार यस्तो समिति गठन गर्ने तयारी गरिएको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायीसँग साझेदारी र शंकास्पद सेयर कारोबारको आरोप लागेपछि गुरुङले पदभार सम्हालेको २७ दिनमै राजीनामा दिएका थिए ।
विपक्षी दलहरूले भने राजीनामाले मात्र विषय टुंगो नलाग्ने भन्दै संसदीय छानबिनको माग गरेका छन् ।
गुरुङको विषय टुंगो नलागेसम्म गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हाल्ने भएका छन् ।
नयाँ गृहमन्त्री नियुक्तिबारे हालसम्म कुनै निर्णय भएको छैन ।
प्रतिक्रिया दिनुहोस्






















