काठमाडौं– नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घटेको छ ।
बिहीबार नेप्से ५.७३ अंकले घटेर २७३८ मा झरेको हो ।
कारोबार सुरु भएको केहीबेरमै २७०८ सम्म झरे पनि पछि केही सम्हालिएको देखियो ।
कारोबार रकम पनि सामान्य घट्दै ४ अर्ब ९१ करोडमा सीमित भयो ।
९८ कम्पनीको शेयर मूल्य बढ्दा १६१ कम्पनी घटे भने १० स्थिर रहे ।
बैंकिङ र उत्पादन–प्रशोधन समूहमा मात्रै सामान्य वृद्धि देखिँदा अन्य सबै समूह घटेका छन् ।
आज श्रीनगर एग्रिटेक सर्वाधिक १२.५७ प्रतिशतले बढ्दा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चरमा उच्च कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















