images
images
  • कांग्रेस, एमाले र नेकपाका त्रिवि उच्चपदस्थ पदाधिकारीहरूले दिए सामूहिक राजीनामा

    काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले सामूहिक राजीनामा दिएका छन् ।

    उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बिहीबार राजीनामा दिएका हुन् ।

    शिक्षाध्यक्ष केसीका अनुसार सरकारले गरेको आह्वानअनुसार नै उनीहरूले पद त्याग गरेका हुन् ।

    नयाँ सरकारलाई सहज वातावरण बनाउन राजीनामा दिएको उनीहरूको भनाइ छ ।

    सरकारले यसअघि राजनीतिक नियुक्ति भएका पदाधिकारी हटाउने तयारी गरेको थियो ।

    अर्याल २०८२ असार २५ मा उपकुलपतिमा नियुक्त भएका थिए भने केसी र रिजाल २०८० चैत ३० मा नियुक्त भएका थिए ।

    त्रिवि पदाधिकारीको कार्यकाल चार वर्षको भए पनि कार्यकाल पूरा हुनुअघि नै उनीहरूले राजीनामा दिएका हुन् ।

    उनीहरू सबैको राजनीतिक नियुक्ति थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images