images
images
  • देउवा, ओली र प्रचण्डले नियुक्त गरेका त्रिवि पदाधिकारीलाई बालेनले लखेट्दै, नमानेमा सैन्य बल प्रयोग गर्ने

    काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. दिपक अर्याल, शिक्षाध्यक्ष प्रा.खड्ग केसी र रजिस्ट्रार प्रा.केदारप्रसाद रिजालले राजीनामा दिने तयारी गरेका छन् ।

    सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई पदमुक्त गर्नेगरी अध्यादेश सिफारिस गरेपछि उनीहरूले नयाँ सरकारलाई काम गर्न सहज बनाउन मार्ग प्रशस्त गर्ने निर्णय गरेको त्रिवि स्रोतले जनाएको छ ।

    त्रिविका एक अधिकारीका अनुसार बिहीबार बिहान बसेको पदाधिकारी बैठकले राजीनामाको विषयमा सहमति जनाएको हो ।

    उपकुलपति अर्याल केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका थिए भने शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नियुक्त भएका थिए ।

    विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहलाई उनीहरूले राजीनामा बुझाउने तयारी गरेका छन् ।

    सरकारले ल्याउन लागेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images