images
images
  • अमेरिकी उच्चस्तरीय टोली नेपाल आउँदै : रवि–स्वर्णिमलाई भेट्न हतारो, प्रम बालेन अनिच्छुक

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोर आज साँझ काठमाडौं आइपुग्दै छन् ।

    नयाँ सरकार गठनपछि अमेरिकाबाट हुने यो दोस्रो उच्चस्तरीय भ्रमण हो ।

    यसअघि ७ वैशाखमा अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर नेपाल आएका थिए ।

    १० दिनमै दोस्रो भ्रमण हुनुले नेपाल–अमेरिका सम्बन्धलाई वाशिङ्टनले प्राथमिकतामा राखेको कूटनीतिक वृत्तमा चर्चा छ ।

    गोरले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गर्ने तय भए पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेटवार्ता तय भएको छैन ।

    स्रोतका अनुसार प्रधानमन्त्रीसँग भेटका लागि पहल भए पनि कार्यव्यस्तताका कारण समय मिल्न नसकेको बताइएको छ ।

    यसअघि आएका अमेरिकी अधिकारीले पनि प्रधानमन्त्रीसँग भेट पाएका थिएनन् ।

    नयाँ सरकार आएपछि कूटनीतिक भेटघाटको परम्परा पुनर्संरचना गरिएको र प्रधानमन्त्रीले नीति–स्तरका विषय बाहेकका भेटलाई परराष्ट्र मन्त्रालयमै केन्द्रित गरिरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images