images
images
  • रविको मुद्दा फिर्ताको रिटमा सुनुवाइ हुँदै, ४ जना न्यायाधीशको इजलासमा पेशी

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रतिवादीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

    न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासले बिहीबार उक्त रिटको सुनुवाइ गर्नेछ ।

    यसअघि वैशाख १० गतेका लागि तोकिएको पेसी महान्यायाधिवक्ताको तर्फबाट स्थगित गरिएको थियो ।

    चैत १५ गते न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले मुद्दालाई आठवटा कानुनी प्रश्नको व्याख्या आवश्यक भएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

    तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले पुस ३० गते अभियोग संशोधन गर्ने निर्णय गरेकी थिइन् ।

    पछि माघ २ गते ‘त्रुटि सच्याइएको’ भन्दै सबै प्रतिवादीहरूविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्न अनुमति दिइएको थियो ।

    उक्त निर्णयपछि सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट दायर भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images