images
images
  • सुन–चाँदीको मूल्यमा भारी गिरावट, प्रतिकिलो कतिमा भइरहेको छ कारोबार ? (मूल्यसहित)

    काठमाडौं– बिहीबार पनि सुन–चाँदीको भाउ घट्ने क्रम जारी रह्यो ।

    अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो ।

    हिजो सुनको भाउ ३ हजार घटेको थियो भने मंगलबार पनि ३ हजार घटेको थियो ।

    समग्र तीन दिनमा सुनको भाउ ७ हजार ८ सय रुपैयाँ घटेको छ ।

    त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

    चाँदी तोलामा १०५ रुपैयाँ घटेसँगै ४ हजार ८१० रुपैयाँमा झरेको छ ।

    अघिल्लो दिन ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

    गत बिहीबार चाँदी प्रतितोला ५ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images