images
images
  • नेपालले भारतको भूमि पाकिस्तानमा राखेपछि…

    काठमाडौं– नेपाल वायु सेवा निगमले सामाजिक सञ्जालमा सार्वजनिक गरेको नक्सामा जम्मु कश्मीरलाई गलत रूपमा पाकिस्तानमा देखाएपछि विवाद चुलिएको छ ।

    निगमले गल्ती स्वीकार गर्दै माफी मागेको छ र उक्त पोस्ट हटाइसकेको जनाएको छ । नक्सामा गम्भीर नक्सांकन त्रुटि भएको भन्दै यसले संस्थाको आधिकारिक धारणा नझल्काउने स्पष्ट पारेको छ ।

    भारतमा तीव्र आलोचना भएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया बढेका छन् । यसैबीच भोजपुरी अभिनेता खेसारीलाल यादवले पनि यसलाई गम्भीर विषय भन्दै आपत्ति जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images