images
images
  • देउवाले एक ढिक्का बनाएको कांग्रेस गगनको हातमा परेपछि धुजा–धुजा, एकीकृत गर्न मुस्किल

    काठमाडौं– नेपाली कांग्रेसभित्र अहिले स्पष्ट रूपमा तीन गुट देखिन थालेका छन् ।

    गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टीभित्रको आन्तरिक शक्ति–सन्तुलन फेरिँदै गुटको संख्या बढेको हो ।

    विशेष महाधिवेशनअघि कांग्रेसमा मुख्यतः संस्थापन पक्ष र डा. शेखर कोइराला पक्ष गरी दुई धार मात्रै सक्रिय थिए ।

    हाल त्यसबेलाको संस्थापन पक्ष निवर्तमान सभापति शेरबहादुर देउवा समूहका रूपमा क्रियाशील छ ।

    उक्त समूहको भेला बुधबारदेखि महाराजगञ्जस्थित एक होटलमा जारी रहेको छ ।

    विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा अहिले पार्टीको संस्थापन पक्षमा छन् ।

    उनीहरूको नेतृत्वमा भइरहेका गतिविधिहरू नै पार्टीका आधिकारिक निर्णय र कार्यक्रमका रूपमा अघि बढिरहेका छन् ।

    विशेष महाधिवेशनपछि केही समय डा. शेखर कोइराला पनि देउवा समूहसँगै उभिएका थिए ।

    गगन थापा र विश्वप्रकाश शर्माले तत्कालीन सभापति शेरबहादुर देउवा तथा केन्द्रीय कार्यसमितिको सहमतिबिना विशेष महाधिवेशन गराएको भन्दै त्यसविरुद्ध देउवा समूहसँगै शेखर पक्ष पनि निर्वाचन आयोग र सर्वोच्च अदालत पुगेको थियो ।

    तर, सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि शेखर कोइरालाले पुनः आफ्नो छुट्टै गुट सक्रिय बनाएका छन् ।

    सोही सन्दर्भमा उनले आज बागमती प्रदेशस्तरीय आफ्नो समूहको भेला बोलाएका छन् ।

    उक्त भेलामा आगामी रणनीति, संगठन विस्तार र पार्टीभित्रको शक्ति सन्तुलनका विषयमा छलफल हुने जानकारी निवर्तमान सहमहामन्त्री जीवन परियारले दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images